प्रस्थान 13:19 - नेपाली नयाँ संशोधित संस्करण19 मोशाले योसेफका अस्थिहरू साथमा लगे, किनकि तिनले इस्राएलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लाएका थिए, “परमेश्वरले अवश्य तिमीहरूको हेर-विचार गर्नुहुनेछ। त्यस बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मोशाले योसेफको लाश साथमा लगे किनभने योसेफले इस्राएलीहरूले त्यसो गरिदिन तिनीहरूसित प्रतिज्ञा गराएका थिए। योसेफले भनेका थिए, “जब परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ, मेरो लाश पनि तिमीहरूले यस ठाउँदेखि लैजानुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल19 मोशाले यूसुफको अस्थिरहरू लिएर हिंडे। मर्नु अघि यूसुफले इस्राएलीहरूसँग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यूसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिरहरूलाई मिश्रदेखि बाहिर लान नबिर्स।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मोशाले आफूसित योसेफको अस्थि लगे; किनकि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लाएका थिए। तिनले भनेका थिए, “परमेश्वर निश्चय नै तिमीहरूको सहायताका निम्ति आउनुहुनेछ, र तिमीहरूले मेरो अस्थि यस ठाउँबाट आफूसित लैजानुपर्छ।” Viz kapitola |