Online Bible

- Reklamy -




एस्‍तर 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसपछि तेस्रो महिना, अर्थात्‌ सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरू बोलाइए। मोर्दकैले यहूदीहरूलाई दिएको हुकुमबमोजिम भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताईस प्रान्‍तका बड़ाहाकिमहरू, राज्‍यपालहरू र भारदारहरूका निम्‍ति हरेक प्रान्‍तलाई आ-आफ्‍नो लिपिअनुसार र हरेक जातिलाई आफ्‍नै भाषामा, र यहूदीहरूलाई पनि आफ्‍नै लिपि र भाषामा एउटा लिखित राजाज्ञा निकालियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सीवान भनिने तेस्रो महिनाको तेईसौं दिनमा यो कुरा भएको हो। मोर्दकैले राजाका सचिवहरूलाई बोलाए र चिठीहरू लेख्‍न लाए। भारतवर्षदेखि इथियोपिया देशसम्‍मका १२७ वटा प्रान्‍तका बडा-हाकिम, शासक र भारदारहरू र यहूदीहरूलाई ती चिठी पठाउने आदेश दिए। प्रान्‍त-प्रान्‍तमा चिठीहरू पठाइए। प्रान्‍त-प्रान्‍तकै लेख्‍ने तरिकाअनुसार त्‍यसकै भाषामा र यहूदीहरूलाई तिनीहरूका लेख्‍ने तरिकाअनुसार तिनीहरूकै भाषामा ती चिठी लेखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतबर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तुरुन्तै सीवान भनिने तेस्रो महिनाको तेईसौँ दिन राजाका सचिवहरूलाई बोलाइयो। तिनीहरूले भारतदेखि कूश देशसम्मका 127 प्रान्तका बडाहाकिमहरू, अधिकृतहरू र शासकहरूलाई मोर्दकैले दिएका उर्दीहरू लेखे। ती उर्दीहरू प्रत्येक प्रान्तको आफ्नै लिपिमा र हरेक जातिको आफ्नै भाषामा, र यहूदीहरूका लागि पनि तिनीहरूका आ-आफ्नै लिपि र भाषामा लेखिएका थिए।

Viz kapitola kopírovat




एस्‍तर 8:9

Následuj nás:

Reklamy


Reklamy