Online Bible

- Reklamy -




एस्‍तर 8:5 - नेपाली नयाँ संशोधित संस्करण

5 एस्‍तरले भनिन्, “महाराजाको इच्‍छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्‍ताव महाराजाले उचित सम्‍झिबक्‍सिए र मैले हजूरको स्‍वीकृति पाउन सके अगागी हम्‍मदाताको छोरा हामानले राजाका सबै प्रान्‍तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्‍सिओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्‍छ र यो कुरा हजुरलाई उचित लाग्‍छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्‍तान हम्‍मदाताको छोरोले राज्‍यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 एस्तरले भनिन्, “यदि राजालाई असल लाग्यो भने, र हजुरले ममाथि निगाह राख्नुहुन्छ, साथै यसो गर्नु उचित हो भन्‍ने लाग्यो भने, र हजुर मसित प्रसन्‍न हुनुहुन्छ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नाश गर्ने षड्यन्त्र गरेर लेखेर पठाइएका पत्रहरूलाई रद्द गर्ने आदेश लेखियोस्।

Viz kapitola kopírovat




एस्‍तर 8:5

Následuj nás:

Reklamy


Reklamy