एस्तर 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 यसैले राजदरबारको ढोकामा हुने अधिकारीहरू सबैले राजाको आज्ञाअनुसार हामानलाई घुँड़ा टेकेर दण्डवत् गर्थे। तर मोर्दकैले चाहिँ तिनलाई यसरी घुँड़ा टेकेर दण्डवत् गर्दैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सबैले घुँडा टेकी दण्डवत् गरेर हामानलाई आदर दिनू भनी राजाले आफ्नो सेवा गर्ने भारदारहरूलाई आज्ञा गरे। मोर्दकैबाहेक अरू सबैले त्यो आज्ञापालन गरे। मोर्दकैले चाहिँ सो आज्ञा मान्न इन्कार गरे। Viz kapitolaपवित्र बाइबल2 अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजाको मूलढोकामा सबै राजकीय अधिकारीहरूले घुँडा टेकेर हामानलाई सम्मान दिन्थे; किनकि राजाले यसो गर्न आज्ञा दिएका थिए। तर मोर्दकैले न घुँडा टेक्थे, न त सम्मान नै दिन्थे। Viz kapitola |