Online Bible

- Reklamy -




एस्‍तर 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिनलाई देखेर त्‍यो नपुंसक खुशी भयो, र एस्‍तरले त्‍यसबाट विशेष निगाह पाइन्‌। त्‍यसले तिनलाई तुरुन्‍तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्‍यसले खटाइदियो। स्‍त्रीहरू बस्‍ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हेगेले एस्‍तरलाई मन पराए र तिनले उनीबाट कृपा पाइन्। उनले तुरुन्‍तै एस्‍तरलाई सिङ्गार-पटार गर्ने ओखती-मूलो, मालिश र विशेष खाना दिन सुरू गरिदिए। उनले तिनलाई स्‍त्रीहरू बस्‍ने भित्री महलमा सबैभन्दा राम्रो ठाउँ दिए र तिनको सेवा गर्न राजमहलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अनि हेगेले त्यो केटी एस्तरलाई मन परायो अनि उसले उसको कृपा प्राप्त गरी। यसकारण उसले एस्तरलाई तत्कालै श्रृगांर सेवा तथा राजमहलबाट भोजन र सात जना नोकर्नीहरू व्यवस्था गर्यो तब उसको नोकर्नीहरू र उसलाई हेगेले सब भन्दा राम्रो नारी-गृहमा सार्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्‍त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए।

Viz kapitola kopírovat




एस्‍तर 2:9

Následuj nás:

Reklamy


Reklamy