Online Bible

- Reklamy -




एस्‍तर 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 हजूरले आफ्‍नो राज्‍यका सबै प्रान्‍तहरूबाट यी सबै सुन्‍दरी युवती कन्‍ये-केटीहरूलाई राजधानी शूशनको महिला-गृहमा ल्‍याउनलाई उच्‍च कर्मचारीहरू खटाइबक्‍सिओस्‌। तिनीहरूलाई महाराजाका स्‍त्रीहरूका जिम्‍मावाल नपुंसक हेगेको जिम्‍मामा दिइबक्‍सिओस्‌। सिङ्गारपटारका वस्‍तुहरू तिनीहरूलाई दिइऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 राज्‍यभरि हरेक प्रान्‍तमा भारदारहरू खटाएर सुन्‍दरी तरुनी केटीहरूलाई राजधानी शूशनको स्‍त्री बस्‍ने भित्री महलमा ल्‍याउने आज्ञा गर्नुहोस्। तिनीहरूलाई राजाका स्‍त्रीहरूका अधिकारी नपुंसक हेगेको जिम्‍मामा दिनुहोस् र सिङ्गार-पटार गर्ने ओखती-मूलोको प्रबन्‍ध गरियोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशन जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 ती सबै सुन्दरी केटीहरूलाई शूशनको राजधानीमा भएको स्त्री-गृहमा ल्याइयोस् भनेर राजाले आफ्नो राज्यका प्रत्येक प्रान्तमा उच्‍च कर्मचारीहरू नियुक्त गरून्। ती कन्याहरूलाई स्त्री-गृहको जिम्मावाल रहेका राजाका नपुंसक हेगेको अधीनमा राखियोस्; अनि तिनीहरूलाई सुन्दर बनाउने सिङ्गार-पटारका सामग्रीहरू दिइयोस्।

Viz kapitola kopírovat




एस्‍तर 2:3

Následuj nás:

Reklamy


Reklamy