एफिसी 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँकै अधीनमा सबै बेग्लाबेग्लै अङ्गहरू मिलेर रहेका छन् र पूरै शरीर ठीक-ठीक ठाउँमा जोडिएर बसेको छ। एक-एक अङ्गले आफूले गर्नुपर्ने काम गर्यो भने पूरै शरीर प्रेममा बढ्दै विकसित हुन्छ। Viz kapitolaपवित्र बाइबल16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ; अनि शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफैँ वृद्धि गर्दै र निर्माण हुँदैजान्छ। Viz kapitola |