Online Bible

- Reklamy -




उपदेशक 3:11 - नेपाली नयाँ संशोधित संस्करण

11 उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 प्रत्‍येक कुरा उहाँले त्‍यसको ठीक समयमा सुन्‍दर बनाउनुभयो। उहाँले हामीलाई अनन्‍तबारे जान्‍ने इच्‍छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्‍न सकिंदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्।

Viz kapitola kopírovat




उपदेशक 3:11

Následuj nás:

Reklamy


Reklamy