उपदेशक 11:9 - नेपाली नयाँ संशोधित संस्करण9 ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ए युवाहरू हो, आफ्ना जवानीमा आनन्द गर, युवावस्था छउञ्जेल सुख-चैन गर। आफ्नो मनको इच्छा पूरा गर र जे मन लाग्छ, त्यो गर। तर यतिचाहिँ याद राख कि परमेश्वरले तिम्रा सबै कामको लेखा लिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल9 यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। आफ्ना हृदयले चाहेको र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! तर याद राख: यी सबै कुराहरूका लागि परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ। Viz kapitola |