Online Bible

- Reklamy -




व्यवस्था 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्‍टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरू असल छौ र जे ठीक छ सो गर्दछौ भनेर परमप्रभुले त्‍यो देश तिमीहरूलाई अधीन गर्न दिनुभएको होइन। तर तिनीहरू दुष्‍ट छन् र उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्‍छ र नै तिनीहरूलाई धपाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यो त तिमीहरूको धार्मिकता अथवा इमानदारीताको कारण तिमीहरूले तिनीहरूको देश अधिकार गर्न गइरहेका होइनौ: तर ती जातिहरूको दुष्‍टताको कारण याहवेहले तिमीहरूका पितापुर्खाहरू, अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको प्रतिज्ञा पूरा गर्नलाई उहाँले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 9:5

Následuj nás:

Reklamy


Reklamy