व्यवस्था 9:3 - नेपाली नयाँ संशोधित संस्करण3 तर आज यो कुरा निश्चय नै जानी राख, कि भस्म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै हुनुहुन्छ। उहाँले उनीहरूलाई नष्ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्ट पार्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर अब तिमीहरू आफैं देख्नेछौ, परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको अघि-अघि दन्कने आगोझैँ जानुहुनेछ। तिमीहरू अघि बढ्दैजाँदा उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूको हार गराउनुहुनेछ र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ। Viz kapitolaपवित्र बाइबल3 आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर आज तिमीहरू निश्चय जानी राख, कि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि-अगि भस्म गर्ने आगोझैँ जानुहुने परमेश्वर हुनुहुन्छ। उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूको सामु पराजित गराउनुहुनेछ। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ। Viz kapitola |