व्यवस्था 9:18 - नेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुको दृष्टिमा कुकर्म गरी तिमीहरूले आफ्ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्म परमप्रभुको अगि लम्पसार परिरहें। मैले रोटी वा पानी खाइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब फेरि एकचोटि म चालीस दिन र चालीस रातसम्म परमप्रभुको अघि आफ्नो शिर निहुराएर पस्रिएँ र केही खानपान गरिनँ। मैले त्यसो गरें किनभने तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेर उहाँलाई रिस उठाइसकेका थियौ। Viz kapitolaपवित्र बाइबल18 त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि याहवेहको सामु चालीस दिन र चालीस रातसम्म लम्पसार परेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ। किनकि तिमीहरूले याहवेहको दृष्टिमा जे खराब थियो, ती सबै पाप गर्यौ र उहाँलाई रिस उठायौ। Viz kapitola |