Online Bible

- Reklamy -




व्यवस्था 5:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कुनै मूर्तिको अघि तिमीहरूले टाउको ननिहुराउनू अनि त्‍यसलाई नपुज्‍नू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र यस्‍तो विरोधीलाई सहँदिनँ। मलाई घृणा गर्नेहरू र तिनका सन्‍तानमाथि तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड दिन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;

Viz kapitola kopírovat




व्यवस्था 5:9

Následuj nás:

Reklamy


Reklamy