व्यवस्था 4:10 - नेपाली नयाँ संशोधित संस्करण10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने उभिएको दिनको सम्झना गर, जब उहाँले मलाई भन्नुभयो, “मेरा वचन सुन्नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्यस देशमा बाँचुञ्जेल तिनीहरूले मेरो डर मान्न सिकून् अनि ती वचन आफ्ना छोराछोरीहरूलाई पनि सिकाऊन्।” Viz kapitolaपवित्र बाइबल10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्नुभएको थियो, “समुदायलाई मेरो कुरा सुन्न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।” Viz kapitola |