व्यवस्था 34:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुले तिनलाई भन्नुभयो, “‘तेरा भावी सन्तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्यहाँ जान पाउनेछैनस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो मैले अब्राहाम, इसहाक र याकूबसित तिनका सन्तानलाई दिउँला भनी प्रतिज्ञा गरेको देश हो। यो तँलाई मैले हेर्न दिएँ तर म तँलाई त्यहाँ पस्न दिनेछैनँ।” Viz kapitolaपवित्र बाइबल4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले तिनलाई भन्नुभयो, “यही देश, तेरो भावी सन्तानलाई दिनेछु भनी मैले अब्राहाम, इसहाक र याकोबलाई शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। मैले तँलाई आफ्नै आँखाले यो हेर्न दिएँ; तर तँ त्यहाँ पार गरेर जानेछैनस्।” Viz kapitola |