Online Bible

- Reklamy -




व्यवस्था 33:29 - नेपाली नयाँ संशोधित संस्करण

29 ए इस्राएल, तिमी धन्‍यका हौ, परमप्रभुद्वारा मुक्ति पाएको जाति, तिमीजस्‍तो को छ र? उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्‍छ, र तिम्रो महिमित तरवार। तिम्रा शत्रुहरू तिम्रा अगि लुरूक्‍क परेर आउनेछन्, र तिमीले उनीहरूका अल्‍गा ठाउँहरूमा टेक्‍नेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 हे इस्राएल! तँ कति खुसी छस्! तँजस्‍तो अरू कुनै जाति छैन, जुन जातिलाई परमप्रभुले बचाउनुभएको छ। परमप्रभु आफैं तेरो रक्षा गर्न र तँलाई विजय दिनको लागि तेरा ढाल र तरवार हुनुहुन्‍छ। तेरा शत्रुहरू दयाको लागि भिक्षा माग्‍दै आउनेछन् र तैँले तिनीहरूलाई कुल्‍चनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 हे इस्राएल, तँ धन्यको छस्! याहवेहद्वारा बचाइएको, तँजस्तो अरू जाति को छ र? “उहाँ तेरो ढाल र सहायक, अनि तेरा महिमित तरवार हुनुहुन्छ। तेरा शत्रुहरू तेरो सामु डराउनेछन्; अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।”

Viz kapitola kopírovat




व्यवस्था 33:29

Následuj nás:

Reklamy


Reklamy