व्यवस्था 28:68 - नेपाली नयाँ संशोधित संस्करण68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्यो देख्नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल68 परमप्रभुले तिमीहरूलाई फेरि मिश्रमा कहिल्यै जानुपर्दैन भन्नुभएको भए तापनि जहाजहरूद्वारा मिश्रमा फर्काइपठाउनुहुनेछ। त्यहाँ तिमीहरू आफ्ना शत्रुका बीचमा आफूलाई कमारा-कमारी बनाएर बेच्ने चेष्टा गर्नेछौ तर कसैले पनि तिमीहरूलाई किन्न चाहनेछैन।” Viz kapitolaपवित्र बाइबल68 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, ‘तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।’ मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण68 याहवेहले तिमीहरूलाई इजिप्ट, जहाँ फेरि कहिल्यै फर्केर नजानू भनी मैले भनेको थिएँ, जहाजबाट फर्काएर पठाउनुहुनेछ। त्यहाँ तिमीहरूले आफूलाई आफ्ना शत्रुहरूका हातमा कमरा-कमारीहरूझैँ दिनलाई राजी हुनेछौ। तर तिमीहरूलाई कसैले पनि किन्नेछैन। Viz kapitola |