व्यवस्था 27:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्यवस्थाका सबै वचनहरू त्यसमा लेख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र यी सबै नियम र आदेशहरू तिनमा लेख्नू। परमप्रभु तिम्रा पुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देशमा पसिसकेपछि Viz kapitolaपवित्र बाइबल3 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू। Viz kapitola |