व्यवस्था 26:12 - नेपाली नयाँ संशोधित संस्करण12 दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्ना सबै उब्जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्यो खाऊन् र तृप्त होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “तीन-तीन वर्षमा आफ्ना उब्जनीको दशौँ अंश लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिनू र हरेक समुदायमा तिनीहरूलाई चाहिने खाने कुराहरू प्रशस्त होस्। त्यसो गरिसकेपछि Viz kapitolaपवित्र बाइबल12 “प्रत्येक तेस्रो बर्ष दशांश भाग लगाउने बर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्ट होऊन्। Viz kapitola |