व्यवस्था 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्तान, आफ्नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मलाई उहाँले तिमीहरूलाई यसो भन्ने आदेश दिनुभयो, ‘तिमीहरूका टाढाका नातेदारहरू एसावका सन्तानको देश एदोमका डाँडाहरूबाट भएर तिमीहरू जान आँटेका छौ। तिनीहरू तिमीहरूसित डराउनेछन्, Viz kapitolaपवित्र बाइबल4 मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू। Viz kapitola |