व्यवस्था 2:36 - नेपाली नयाँ संशोधित संस्करण36 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 परमप्रभु हाम्रा परमेश्वरले अर्नोन-बेसीको किनारमा भएको अरोएरदेखि लिएर गिलादसम्मका सहरहरू, बेसी बीचको सहरसमेत हाम्रो कब्जामा गराइदिनुभयो। कुनै सहरका पर्खालले हामीलाई रोक्न सकेन। Viz kapitolaपवित्र बाइबल36 त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिक्न सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्वरले ती सबै देशहरू हामीलाई दिनुभयो। Viz kapitola |