व्यवस्था 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्यसलाई खेदेर बाटैमा फेला पारेर त्यसलाई मार्न सक्छ। वास्तवमा त त्यो मारिने योग्यको थिएन, किनकि रीस-रागविना नै त्यसले छिमेकीलाई त्यसो गरेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यदि एउटै मात्र सहर छ भने त्यो धेरै टाढा पर्न जाला। त्यसो भए हत्याको बदला लिन सक्ने नातेदारले त्यो निर्दोष मानिसलाई पक्रेर आफ्नो रिसमा मार्न सक्ला। हुन त त्यसले बिनावैरभाव भुल-चुकमा नै एक जनालाई मारेको थियो। Viz kapitolaपवित्र बाइबल6 तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सक्दैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सक्छ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन। Viz kapitola |