व्यवस्था 16:15 - नेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति चाड़ मान्नू, किनभने उहाँले नै तिमीहरूका उब्जनी र कामकाजमा तिमीहरूलाई आशिष् दिनुहुनेछ र तिमीहरूको आनन्द पूरा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यो एक मात्र आराधना-स्थलमा सात दिनसम्म त्यो चाड मनाएर परमप्रभु आफ्ना परमेश्वरको आदर गर। रमाहट गर किनभने परमप्रभुले तिम्रा अन्नबाली र कामकाजमा आशिष् दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहले चुन्नुहुने ठाउँमा सात दिनसम्म याहवेह तिमीहरूका परमेश्वरको निम्ति यो चाड मनाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सबै खेतीबाली र तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूको आनन्द पूरा हुनेछ। Viz kapitola |