व्यवस्था 15:6 - नेपाली नयाँ संशोधित संस्करण6 आफ्नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 आफ्नो प्रतिज्ञाअनुसार परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ तर कसैबाट ऋण लिनुपर्नेछैन। धेरै जातिहरूलाई तिमीहरूले आफ्ना वशमा ल्याउनेछौ तर तिमीहरूलाई कुनै जातिले वशमा पार्न सक्नेछैन। Viz kapitolaपवित्र बाइबल6 तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपियाँ हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले प्रतिज्ञा गर्नुभएझैँ याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिमीहरूमाथि कसैले पनि शासन गर्न सक्नेछैन। Viz kapitola |