व्यवस्था 12:5 - नेपाली नयाँ संशोधित संस्करण5 जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न र स्वयम् वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्नुहुन्छ, त्यही ठाउँ तिमीहरूले खोज्नू। त्यही ठाउँमा तिमीहरू जाने गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिम्रा कुलहरूलाई दिइएका ठाउँहरूबाट कुनै एउटा स्थान परमप्रभुले चुन्नुहुनेछ, जहाँ मानिसहरू उहाँका सामुन्ने आएर उहाँको आराधना गर्नेछन्। Viz kapitolaपवित्र बाइबल5 तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिमीहरूले चाहिँ याहवेह तिमीहरूका परमेश्वरले आफ्नो वासस्थानको निम्ति तिमीहरूका कुलहरूबीचबाट चुन्नुभएको ठाउँलाई खोज्नुपर्छ। अनि त्यस ठाउँमा तिमीहरू जानुपर्छ। Viz kapitola |