व्यवस्था 12:2 - नेपाली नयाँ संशोधित संस्करण2 जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्ना देवताहरू पूजा गर्ने उनीहरूका अल्गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्थानहरू तिमीहरूले सम्पूर्ण तवरले नाश गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूले अधीनमा लिन लागेका देशमा त्यहाँका मानिसहरूले आफ्ना देवताहरू पूज्न अग्ला पहाड, डाँडा र हरिया रूखहरूमुनि बनाएका पूजास्थलहरू सबै ध्वस्त पारिदिनू। Viz kapitolaपवित्र बाइबल2 अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उनीहरूका अल्गा डाँडाहरू, हरेक पर्वत र प्रत्येक झ्याम्म परेको रूखमुनि, जुन स्थानहरूमा तिमीहरूले अधिकार गर्न लागेका जातिहरूले तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्छन्, ती सबै ठाउँहरू तिमीहरूले पूर्ण रूपले ध्वस्त पारिदिनू। Viz kapitola |