व्यवस्था 11:29 - नेपाली नयाँ संशोधित संस्करण29 जब परमप्रभु तिमीहरूका आफ्ना परमेश्वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुन्छ, तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जब तिमीहरूले अधीनमा लिन आँटेका देशमा परमप्रभुले तिमीहरूलाई पुर्याउनुहुन्छ, तब तिमीहरूले ठूलो सोरले गीरीज्जीम पहाडबाट आशिष् र एबाल पहाडबाट चाहिँ सराप सुनाउनू। Viz kapitolaपवित्र बाइबल29 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले अधिकार गर्न पस्न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू। Viz kapitola |