व्यवस्था 1:8 - नेपाली नयाँ संशोधित संस्करण8 हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्यहाँ प्रवेश गरेर त्यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्तानलाई ‘म दिन्छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यी सबै ठाउँहरू परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशभित्र पर्छन्। गएर त्यो देश अधिकार गर’।” Viz kapitolaपवित्र बाइबल8 हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।” Viz kapitola |