दानिएल 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 मैले पाप स्वीकार गर्दै परमप्रभु मेरा परमेश्वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान् र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मेरा मानिसहरूको पापको निम्ति पश्चात्ताप गर्दै परमप्रभु मेरा परमेश्वरलाई मैले प्रार्थना गरें। मैले बिन्ती गरें, “परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्नो करार पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्नेहरूलाई अटुट प्रेम गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें, “हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले याहवेह मेरा परमेश्वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ; Viz kapitola |