दानिएल 7:8 - नेपाली नयाँ संशोधित संस्करण8 “जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्ये तीन वटाचाहिँ त्यसको सामु जरैसमेत उखेलिए। मानिसका आँखाजस्तै त्यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्यसको मुख थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मैले हेर्दा-हेर्दै ति सिङहरूका बीचमा अर्को एउटा सिङ पलाएको देखें। त्यो नयाँ सिङले पहिलेका तीन वटा सिङ उखेलिदियो। त्यस सिङमा मानिसका जस्ता आँखा र ठूल्ठूला कुरा गर्ने मुख थिए। Viz kapitolaपवित्र बाइबल8 “अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो। Viz kapitola |