Online Bible

- Reklamy -




दानिएल 7:7 - नेपाली नयाँ संशोधित संस्करण

7 “त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म हेर्दै नै थिएँ, चौथो जन्‍तु देखा पर्‍यो। त्‍यो अत्‍यन्‍त बलियो, डरलाग्‍दो र भयङ्कर थियो। त्‍यसको फलामका ठूल्‍ठूला दाँतले आफ्‍ना शिकार कर्‍याक-कुरुक चपाउँथ्‍यो र त्‍यसले पैतालाले कुल्‍चन्‍थ्‍यो। त्‍यो अरू जन्‍तुजस्‍तो थिएन र त्‍यसका दश वटा सिङ थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए।

Viz kapitola kopírovat




दानिएल 7:7

Následuj nás:

Reklamy


Reklamy