दानिएल 7:27 - नेपाली नयाँ संशोधित संस्करण27 तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्चका मानिसहरू, अर्थात् पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्य अनन्तको राज्य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पृथ्वीका सबै राज्यहरूका शक्ति र महान्ता सर्वोच्च परमेश्वरका पवित्र जनहरूको हातमा दिइनेछ। उहाँको राज्य-शक्तिको कहिल्यै अन्त्य हुनेछैन र पृथ्वीका सबै शासकहरूले उहाँको सेवा गर्नेछन् र आज्ञापालन गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल27 अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूलाई स्वर्गमुनिका सबै राज्यहरूका सार्वभौम, शक्ति र महानता सुम्पिइनेछन्। उहाँको राज्य अनन्तको राज्य हुनेछ; अनि सबै शासकहरूले उहाँलाई दण्डवत् गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’ Viz kapitola |