दानिएल 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 मैले त्यसको टाउकोमा भएका दश सीङका बारेमा र त्यहाँबाट निस्केको अर्को सीङको बारेमा पनि जान्न चाहें, जसको सामु तीमध्ये तीन वटा सीङ झरे— त्यो सीङ जो अरूभन्दा प्रभावशाली देखिन्थ्यो र जसका आँखा र अभिमानपूर्ण कुरा गर्ने मुख थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसको टाउकाका दश वटा सिङहरू र पछिबाट ती सिङका बीचमा पलाएको एउटा सिङ, जसले पहिलेका तीन वटा सिङहरू उखेलिदिएको थियो, ती सबैको विषयमा म जान्न चाहन्थें। त्यसका आँखा र मुख थिए अनि त्यो मुखले घमण्डका कुराहरू गर्दथ्यो। त्यो अरू जन्तुहरूभन्दा ज्यादै डरलाग्दो थियो। Viz kapitolaपवित्र बाइबल20 त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मैले त्यस जनावरको शिरमाथि भएका दश वटा सिङहरू र अर्को उम्रेको सानो सिङ, जसको अगि दश सिङहरूमध्ये तीन वटा सिङ ढलिगएका थिए; त्यसको बारेमा पनि जान्न चाहेँ—त्यो सिङ, जुनचाहिँ अरूभन्दा बढी प्रभावशाली देखिन्थ्यो र त्यसका आँखा मानिसहरूको जस्तै र अहङ्कारी कुराहरू बोल्ने मुख थियो। Viz kapitola |