दानिएल 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 राजाले मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाउन लगाए र बेबिलोनका यी ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेख पढ्छ र यसको अर्थ मलाई बताइदिन्छ, त्यसलाई बैजनी पोशाक पहिराइनेछ र त्यसको गलामा सुनको सिक्री लगाइनेछ र त्यसलाई राज्यको तेस्रो उच्च शासक बनाइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जादूगर, मन्त्र-तन्त्र गर्ने र ज्योतिषीहरूलाई बोलाऊ भन्दै तिनी चिच्च्याए। ती मानिसहरू महलमा आएपछि उनले भने, “जसले यो लेखोट पढेर त्यसको अर्थ मलाई बताउन सक्छ, त्यसलाई बैजनी राज-पोशाक पहिराइनेछ, त्यसका गलामा सम्मानको सुनको सिक्री लगाइनेछ र यस राज्यमा त्यो दर्जा र शक्तिमा तेस्रो गनिनेछ।” Viz kapitolaपवित्र बाइबल7 अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्च शासकको तेस्रो दर्जामा राखिनेछ।” Viz kapitola |