दानिएल 3:25 - नेपाली नयाँ संशोधित संस्करण25 उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन्, र त्यो चौथोचाहिँ देवताहरूको पुत्रजस्तै देखिन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 राजाले सोधे, “त्यसो भए, मैले कसरी त्यस आगोमा चार जना हिँडिरहेका देख्दै छु? तिनीहरूका बन्धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्यक्तिचाहिँ ईश्वरको छोराजस्तो पो देखिन्छ त!” Viz kapitolaपवित्र बाइबल25 तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्वरको पुत्रजस्तै देखिन्छ।” Viz kapitola |