दानिएल 2:47 - नेपाली नयाँ संशोधित संस्करण47 राजाले दानिएललाई भने, “साँच्ची नै तिमीहरूका परमेश्वर देवताहरूका पनि परमेश्वर र राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुन्छ, किनभने तिमीले यो रहस्य खोल्न सक्यौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 राजाले भने, “तिम्रा परमेश्वर सबै ईश्वरहरूभन्दा महान्, राजाहरूका पनि मालिक र रहस्य खोलिदिनुहुने परमेश्वर हुनुहुँदोरहेछ। म यो कुरो जान्दछु किनभने तिमीले यस रहस्यको अर्थ बताउन सक्यौ।” Viz kapitolaपवित्र बाइबल47 राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 राजाले दानिएललाई भने, “निश्चय नै तिमीहरूका परमेश्वर देवताहरूका पनि परमेश्वर, राजाहरूका पनि प्रभु र रहस्यमय कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यस रहस्यमय कुराहरूलाई प्रकट गर्न सक्यौ।” Viz kapitola |