Online Bible

- Reklamy -




दानिएल 2:45 - नेपाली नयाँ संशोधित संस्करण

45 हजूरले देख्‍नुभएको ढुङ्गाको अर्थ यही हो, जुनचाहिँ मानिसको हातद्वारा नकाटिईकनै पहरोबाट आएको थियो— त्‍यो ढुङ्गा जसले फलाम, काँसो, माटो, चाँदी र सुनलाई धूलोपीठो पारिदियो। “महान्‌ परमेश्‍वरले महाराजालाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। त्‍यो सपना सत्‍य हो, र यसको अर्थ विश्‍वासयोग्‍य छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 हजुरले देख्‍नुभयो कि कसरी पहराबाट एउटा ढुङ्गा मानिसले नछोई फुटेर आई त्‍यसले फलाम, काँसा, माटो, चाँदी र सुनले बनेका मूर्तिलाई तोडेको थियो। सर्वमान्‍य परमेश्‍वरले भविष्‍यमा के हुनेछ, त्‍यो हजुरलाई देखाउँदै हुनुहुन्‍छ। हजुरले जस्‍तो सपना देख्‍नुभयो मैले त्‍यस्‍तै वर्णन गरिदिएँ र त्‍यसको सही अर्थ खोलिदिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

45 “यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँच्चो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो। “महान् परमेश्‍वरले राजालाई भविष्यमा के हुनेछ भनी देखाइदिनुभएको छ। सपना साँचो हो र सपनाको अर्थ सत्य छ।”

Viz kapitola kopírovat




दानिएल 2:45

Následuj nás:

Reklamy


Reklamy