दानिएल 2:30 - नेपाली नयाँ संशोधित संस्करण30 तर जसै मलाई यो रहस्य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्दा ममा बढ्ता बुद्धि भएको कारणले होइन तर यसैकारण कि हजूर महाराजालाई सपनाको अर्थ खोलिओस् र हजूरको आफ्नो मनमा भएका कुरा बुझ्न सक्नुभएको होस् भनेर हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यो रहस्य अब मलाई स्पष्ट भएको छ। म अरूभन्दा बढ्ता बुद्धिमान् भएकोले होइन; तर महाराजाले आफ्नो सपनाको अर्थ जान्नुहोस् र आफ्ना मनका सोच-विचार बुझ्नुहोस् भनी यो रहस्य मलाई खोलिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल30 परमेश्वरले यो रहस्य मलाई बताउँनु भयो। यो यसकारण भयो कि मेरोमा अरू मानिसहरू भन्दा ज्यादा बुद्धि छ। तर परमेश्वरले मलाई यो भेद यसकारण बताउनु भयो कि राजालाई उसको सपनाको अर्थ थाहा होस्। हे राजा यस्तो प्रकारले, तपाईंको मनमा जुन विचारहरू आउँदैछ त्यसलाई सम्झनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 परमेश्वरले मसँग चाहिँ यस्तो रहस्यमय कुरा प्रकट गर्नुभएको छ, मसँग अरू जीवित मानिसहरूभन्दा बढ्ता बुद्धि भएर होइन, तर हे महाराजा, तपाईंले यसको अर्थ जान्नुहोस् र तपाईंको मनमा भएका कुराहरू बुझ्नुहोस् भनेर त्यो रहस्यमय कुरा मलाई प्रकट गरिएको छ। Viz kapitola |