Online Bible

- Reklamy -




दानिएल 2:23 - नेपाली नयाँ संशोधित संस्करण

23 हे मेरा पिता-पुर्खाका परमेश्‍वर, तपाईंलाई म धन्‍यवाद दिँदछु र तपाईंको प्रशंसा गर्दछु, तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले मागेको कुरा तपाईंले मलाई प्रकट गर्नुभयो, तपाईंले हामीलाई राजाको सपना प्रकट गर्नुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हे मेरा पिता-पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई प्रशंसा गर्छु, म तपाईंलाई आदर दिन्‍छु, तपाईंले नै मलाई बल र बुद्धि दिनुभएको छ। तपाईंले मलाई प्रार्थनाको उत्तर दिनुभएको छ र तपाईंले राजाहरूलाई भन्‍नुपर्ने कुरा हामीलाई प्रकट गर्नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे मेरा पितापुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु: तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ; अनि तपाईंले हामीलाई राजाको सपना जान्‍न दिनुभएको छ।”

Viz kapitola kopírovat




दानिएल 2:23

Následuj nás:

Reklamy


Reklamy