दानिएल 11:24 - नेपाली नयाँ संशोधित संस्करण24 सबैभन्दा धनी प्रान्तहरूले सुरक्षाको महसूस गरिराखेको बेला त्यसले तिनीहरूमाथि आक्रमण गर्नेछ, र त्यसका पिता-पुर्खाहरूले नगरेका काम त्यसले गर्नेछ। त्यसले लुटेका सामान र सम्पत्तिहरू आफ्नो पछि लाग्नेहरूका बीचमा बाँड्नेछ। त्यसले किल्लाहरूका हारको निम्ति षड्यन्त्र गर्नेछ— तर थोरै समयको लागि मात्र। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 एउटा धनी प्रान्तमाथि त्यसले चालै नदिई हमला गर्नेछ र त्यसका पिता-पुर्खाले नगरेका काम त्यसले गर्नेछ। त्यसपछि आफूले लडाइँमा कब्जा गरेका धन-सम्पत्ति त्यसले आफूपछि लाग्नेहरूलाई बाँडिदिनेछ। त्यसले किल्लाहरूमाथि हमला गर्ने उपाय रच्नेछ तर त्यसको समयको अन्त्य चाँडै हुनेछ। Viz kapitolaपवित्र बाइबल24 “जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्। Viz kapitola |