कलस्सी 4:11 - नेपाली नयाँ संशोधित संस्करण11 युस्तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरका राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदी विश्वासीहरू यिनीहरू मात्र हुन्। यिनीहरूद्वारा मलाई सान्त्वना मिलेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 युस्तस भनिने येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरको राज्य बढाउन मसँगै काम गर्ने इस्राएलीहरूमा यिनै तीन जना मात्रै हुन्। साँच्चै यिनीहरूले मलाई निकै हौसला दिएका छन्। Viz kapitolaपवित्र बाइबल11 येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्। Viz kapitola |