Online Bible

- Reklamy -




कलस्सी 2:19 - नेपाली नयाँ संशोधित संस्करण

19 यस्‍ताहरूले ख्रीष्‍ट, अर्थात्‌ शिरलाई समातिराख्‍दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्‍थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्‌दैजान्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यिनीहरू त आफ्‍ना शिर ख्रीष्‍टसँग नजोडिएर छुट्टै रहेका छन्। उनै ख्रीष्‍टका अधीनमा रहेर मात्र सिङ्गै शरीर पुष्‍ट हुन्‍छ अनि उनीहरू ठीकठाकसँग जोडिएर परमेश्‍वरकै चाहनाअनुसार बढ्दै-बढ्दै जानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ़छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्‍वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ।

Viz kapitola kopírovat




कलस्सी 2:19

Následuj nás:

Reklamy


Reklamy