कलस्सी 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 किनभने बप्तिस्मा लिंदा तिमीहरू ख्रीष्टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्टलाई बिउँताउनुहुने परमेश्वरको शक्तिमा विश्वास गरेका हुनाले तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ। Viz kapitolaपवित्र बाइबल12 यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि जब तिमीहरूको बप्तिस्मा भयो तिमीहरू ख्रीष्टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्टलाई मृत्युबाट बौरी उठाउने परमेश्वरको शक्तिशाली सामर्थ्यमा विश्वास गर्यौ। Viz kapitola |