Online Bible

- Reklamy -




प्रेरित 9:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तब सुन्‍नेहरू जति सबैले अचम्‍म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्‍य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनको कुरा सुन्‍नेहरू सबै छक्‍क परेर भन्‍न लागे, “के यरूशलेममा येशूको नाउँ लिने जतिलाई खतम गर्न खोज्‍ने मानिस यही नै होइन र? यहाँ पनि येशूको चेलाहरूलाई पक्रेर मुख्‍य पूजाहारीहरूकहाँ लैजान ऊ आएको होइन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?”

Viz kapitola kopírovat




प्रेरित 9:21

Následuj nás:

Reklamy


Reklamy