Online Bible

- Reklamy -




प्रेरित 9:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तब हननिया गएर त्‍यस घरभित्र पसे, र तिनीमाथि आफ्‍ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्‍टि पाऊ र तिमी पवित्र आत्‍माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 प्रभुले भन्‍नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्‍ना हात राख्‍तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्‍न सक र पवित्र आत्‍माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाइ, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।”

Viz kapitola kopírovat




प्रेरित 9:17

Následuj nás:

Reklamy


Reklamy