प्रेरित 8:1 - नेपाली नयाँ संशोधित संस्करण1 तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यही दिनदेखि यरूशलेमको मण्डलीलाई ठूलो दु:ख र सतावट हुन लाग्यो। प्रेरितहरूबाहेक प्रभु येशूका अरू चेलाहरू सबै भागेर यहूदिया र सामरिया क्षेत्रहरूमा गएर यताउता छरिए। Viz kapitolaपवित्र बाइबल1-3 शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए। Viz kapitola |