प्रेरित 7:7 - नेपाली नयाँ संशोधित संस्करण7 परमेश्वरले भन्नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्नेछन् त्यस जातिको इन्साफ म गर्नेछु। त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्ड दिनेछु। त्यसपछि तिनीहरू त्यस देशबाट निक्लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’। Viz kapitolaपवित्र बाइबल7 तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 परमेश्वरले भन्नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ Viz kapitola |