प्रेरित 7:40 - नेपाली नयाँ संशोधित संस्करण40 तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्याउने यी मोशालाई के कसो भयो हामी जान्दैनौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तिनीहरूले मोशाका दाजु हारूनलाई यसरी भने, ‘अब हामीलाई आफ्नो देवता बनाएर अघि लैजाऊ। हामीलाई छुटाएर ल्याउने मोशा मरे कि भागे, हामीलाई के थाहा छ र?’ Viz kapitolaपवित्र बाइबल40 हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’ Viz kapitola |