प्रेरित 4:27 - नेपाली नयाँ संशोधित संस्करण27 किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यस्तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्ने हेरोद र पन्तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए। Viz kapitolaपवित्र बाइबल27 यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। Viz kapitola |