प्रेरित 26:5 - नेपाली नयाँ संशोधित संस्करण5 लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्दा कट्टर पन्थी दलअन्तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पहिले म फरिसी भन्ने कट्टर धार्मिक समूहको मानिस थिएँ, त्यही कट्टर धर्मको जीवन बिताउँथें। यदि तिनीहरूले चाहे भने यो कुरा आफैंले पनि भन्न सक्छन्। Viz kapitolaपवित्र बाइबल5 यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्। Viz kapitola |